कुमारी बैंकको ८ लाख बढि कित्ता सेयर बिक्रिमा

अर्थकागज
प्रकाशित: १४ फागुन २०८०
Image description

कुमारी बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले ८ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । बैंकले आज मंगलबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकका बिभिन्न सेयरधनीहरुले ८ लाख ११ हजार ७३५ कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् । पर्शुराम कुँवरले १ लाख ५ हजार १ सय ५५ कित्ता, रत्न लुईटेलले ३८ हजार १३४ कित्ता, मुकुन्द प्रसाद दाहालले १ लाख ३२ हजार ७ सय ७६ कित्ता, रेवन्त कुमार दाहालले १ लाख ४१ हजार ८ सय ६१ कित्ता, सुर्य मानन्धरले ८० हजार ८२ कित्ता, रमेश लामिछानेले १ लाख २३ हजार ४४ कित्ता, देवकुमारी हुमागाँईले ४७ हजार २ सय ११ कित्ता, हरिकृष्ण दाहालले २१ हजार ४ सय ४२ कित्ता र मोहन प्रसाद पाण्डेले १ लाख २२ हजार ३० कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौ, टंगालमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर