डलरको भाउ हालसम्मकै उच्च

अर्थकागज
प्रकाशित: २२ पुस २०८१
Image description

काठमाडौँ। अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पुस २३ गते, मंगलबार १३७ रुपैयाँ ६३ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ६३३ पैसा तोकेको छ भने खरिददर १३७ रुपैयाँ ३ पैसा तोकेको छ। यस अघि पुस २० गते डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा पुगेर रेकर्ड बनाएको थियो। यस दिन सोको तुलनामा ९ पैसा बढेर डलरले नयाँ रेकर्ड बनाएको हो। यस दिन युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ

प्रतिक्रियाहरू

सम्बन्धित खबर