सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्री खुला

अर्थकागज
प्रकाशित: २५ वैशाख २०८२
Image description

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ८६ हजार ४७४ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ ।

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।  शेयर खरिद गर्न चाहनेले १५ दिनभित्र आफूले के कति कित्ता खरिद गर्ने हो सोको व्यहोरोसमेत खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । जसमा पर्याप्त आवेदन परेको थिएन । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर