सिद्धार्थ बैंकको नयाँ सुविधा: अब घरमै बसी–बसी मोबाइलबाटै शेयर कर्जा पाइने

अर्थकागज
प्रकाशित: १० कात्तिक २०८३
Image description

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि शेयर कर्जासम्बन्धी सेवालाई थप सहज र प्रविधिमैत्री बनाउँदै मोबाइलबाटै आवेदन दिन सकिने नयाँ सुविधा ल्याएको छ।

अब सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत घरमै बसी–बसी शेयर कर्जा (Loan Against Share) का लागि अनलाइन आवेदन दिन सक्नेछन्। यस सुविधासँगै सेवाग्राहीहरूले कर्जाका लागि अनावश्यक रूपमा बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै बैंकले शेयर बजारमा लगानी गर्ने वा शेयर धितोमा कर्जा लिन चाहने ग्राहकहरूको समयको बचत गर्न यो नवीन सेवा सुरु गरेको हो। यस सुविधा अन्तर्गत मोबाइलबाटै सहज, छिटो र झन्झटमुक्त ढङ्गले प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। यस सेवाबाट थप जानकारी आवश्यक परेमा ग्राहकहरूले सिद्धार्थ बैंकको २४ घण्टे कस्टमर केयर नम्बर ०१-५९७००२० मा फोन गर्न वा [email protected] मा इमेल पठाउन सक्नेछन्। 

प्रतिक्रियाहरू

सम्बन्धित खबर