एनएलजी इन्स्योरेन्सको साधारणसभा आज, के-के छन् प्रस्ताव ?
प्रकाशित:
०२ फागुन २०८०
एनएलजी इन्स्योरेन्स लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज बिहीबार फागुन ३ गते आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको नाफबाट वितरण गर्ने घोषणा गरेको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
लाभांश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरेको थियो त्यसैले माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares