स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा सामान्य गिरावट, लाभांश क्षमता १९.८५ प्रतिशत
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा सामान्य गिरावट देखियको छ ।
असार मसान्तसम्ममा बैंकले ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ थियो।
यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १२.५६ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी पनि ०.०८ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको अन्तिमसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता १९.८५ प्रतिशत रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस घटेर ३० रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.८ गुणा रहेको छ। बैंकको खराब कर्जा घटेर १.४७ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा २.१४ प्रतिशत रहेको थियो ।
Shares