बाढीले इर्खुवा जलविद्युत् आयोजनामा काम गर्ने दुई जनालाई बगायो

प्रकाशित:
१६ साउन २०८१

काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इर्खुवा खोला जलविद्युत आयोजनामा काम गर्ने २ जनाले बगाएको छ । राति एक्कासी आएको बाढीले बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारूलाई बगाएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार राति करिब १ बजेतिर खोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो । त्यसमध्ये एकजना भने बच्न सफल हुँदा २ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले घटनास्थलमा खोजीको लागि प्रहरी टोली परिचालन भइसकेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares