२ लघुवित्तको लाभांश घोषणा, हेर्नुस् कुनको कति ?

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौँ । हालसम्म गत आर्थिक वर्षको मुनाफाबाट जम्मा २ वटा लघुवित्तले मात्रै आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत ५५ लघुवित्तमध्ये, २ वटाले मात्रै हालसम्म गत वर्षका नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हेर्नुस् कुनको कति ?

१. आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएसडीसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२८ प्रतिशत नगद गरी कुल ९.०५२८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

२. युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर