नेको इन्सुरेन्सले बोलायो साधारण सभा


काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । नेको इन्सुरेन्सले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । माघ १ गते माघेसंक्रान्तिको दिन सरकारले सार्वजनिक बिदा दिएकाले सेयर कारोबार हुँदैन ।
Shares