सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २ लाख १६ हजार बीमा दावी भुक्तानी

प्रकाशित:
२३ असोज २०८०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखा कार्यालयवले २ लाख १६ हजार रुपैयाँका मृत्यु दावी भुक्तानी गरेको हो ।
कम्पनीको पाल्पा शाखाबाट ३ बर्ष पहिला सिटिजन सुभारम्भ बीमा योजना लिएका तिनाउ ६ निवासी १५ बर्ष उमेरका योगेश सुनारीको दोभान खोलामा डुबेर मृत्यु भएको थियो । उक्त मृत्य पश्चात कम्पनीले दाबी भुक्तानी बापत २ लाख १६ हजार रुपैयाँको चेक रकम मृतककि आमा अञ्जु सुनारी लाई हस्तान्तरण गरेको पाल्पा शाखाले जनाएको छ ।
उक्त रकम कम्पनीका पाल्पा शाखा प्रबन्धक विजय कार्की, सिनियर एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली र सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेयले संयुक्त हस्तान्तरण गरेका हुन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares