चर्चित गायक जीवन ढुंगेलको 'मूल्य त पाइन्छ' म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित))

अर्थकागज
प्रकाशित: २४ भदौ २०८०
Image description

काठमाडौं । चर्चित मोडले तथा गायक जीवन ढुंगेलको 'मूल्य त पाइन्छ' म्युजिक भिडियो सार्वजनिक भएको छ । मूल्य त पाइन्छ मा नारायण थापा 'कल्पित’ शब्दमा गायक जीवन ढुंगेलको शब्द र आवाज रहेको छ । गितको संगित संयोजन पनि ढुंगेलले गरेका छन् । सबिन सेन्चुरीको एरेन्ज रहेको छ । म्युजिक भिडियोमा महेन्द्र विक, जीवन ढुंगेल, देवीप्रसाद काफ्ले, रविन भुसाल र शिशिर कार्कीले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन जीवन ढुंगेलले गरेका छन् । गीत ‘जीवन ढुंगेल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।भिडियोमा देशमा बढ्दो बेरोजगारीको समस्याले युवालाई कसरी परदेशिन बाध्य पारेको छ भन्ने कुरालाई देखाइएको छ । गीतले यहाँ श्रमको मूल्यको अवमूल्यन हुने र विदेशमा गएमा उचित मूल्य पाइने सन्देश दिन खोजेको छ ।

प्रतिक्रियाहरू

prakash Bajgain

2 years ago

मार्मिक उत्कृष्ट!!

सम्बन्धित खबर