६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौंका, कसको कति लाभांश र कहिले साधारणसभा ?


काठमाडौं । सेयर बजारमा आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । तलका यी ६ कम्पनीको सेयर आजसम्म हुनले साधारणसभामा भाग लिन पाउनुको साथै लाभांश पाउने छन् । भोली अर्थात पुष १७ गते ६ वटा कम्पनीले बुक क्लोज गर्दै छन् ।
गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजे सुरु हुनेछ ।
त्यसै गरी छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित १०% नगद लाभांश गरी कुल १५% लाभांश वितरण गर्दैछ । उक्ता लाभांश प्रस्ताव पारित गर्न यस संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यसै गरी लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४% बोनस सेयर र कर सहित ४.५०% नगद लाभांश गरी जम्मा ८.५०% लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । त्यसै गरी
सुपर मादी हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश (कर बाहेक) घोषणा गरेको छ । यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
त्यसै गरी रु रु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।
त्यसै गरी विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्ष नाफाबाट ५.२६% नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते साधारण सभा डाकेको छ । सभा, यस कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
Shares