९ मेगावाटको खिम्ती घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने
काठमाडौं । वन्डर्स ईनर्जी प्रा. लि. ले निर्माणगर्न लागेको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजना ९ मे.वा. (Khimti-Ghawang Small Hydro power project 9 mw) र एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी सम्झौता २०८३ श्रावण १२ गते सम्पन्न भएको छ । सम्झौतामा एनएमबी बैंक लि। का तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कम्पनीले दोलखा जिल्लाको जिरी न.पा. वडा नं. १ र रामेछाप जिल्लाको गोकुलगंगा गा.पा. वडा नं. १ को मिा भएर बहने खिम्ती -घ्वाङ् खोलामा निर्माण गरिरहेको खिम्ती- ध्वाँङ् जलविद्युत आयोजना २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको जनाएको छ ।
आयोजनाको लागि आवस्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति बैसाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको र आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि, हाईड्रो मेकानीकल र ईलेक्ट्रो मेकानीकल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
आयोजना निर्माणका लागि लाग्ने रु १ खर्व ८० करोड मध्ये रु। १२४ करोड ऋण लगानीको लागि ल्ःद्य द्यबलप सँग आज समझदारी भएको हो भने बाँकी ५६ करोड मध्ये रु ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको उजानकारी जानकारी कम्पनीका प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले बताउनुभयो । उनका अनुसार गौरि शंकर संरक्षण क्षेत्र भित्र निर्माणहुने यो आयोजना नेपाल हाल बनिरहेका जलविद्युत आयोजना मध्ये हाईड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तरा मापदण्ड पुरा गरेर निर्माण गरिने पहिलो आयोजना समेतहुने छ ।
Shares