सानिमा माई हाइड्रोपावरको आज साधारणसभा, यि एजेण्डाहरु पारित हुँदै

अर्थकागज
प्रकाशित: २२ कात्तिक २०८०
Image description

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारणसभा आज अर्थात कात्र्तिक २३ गते सेलिब्रेशन हाइट, सुकेधारा, रिङरोड, काठमाडौंमा विहान ११ बजे हुँदैछ । कम्पनीको साधारणसभाले १० प्रतिशत बोनस सेयर ०.५२६३ प्रतिशत नगद लभांश पारित गर्दैछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले असोज २४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यस कम्पनीले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर