मुग्लिन नारायणगढ सडकमा पहिरोको उच्च जोखिम भएका स्थानमा सवारीसाधन नरोक्न आग्रह

अर्थकागज
प्रकाशित: ०८ कात्तिक २०८२
Image description

चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा जाम हुन गएकोले पहिरोको उच्च जोखिम भएका स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न आग्रह गरिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भाँसिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक हुन गई मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम हुन गएकोले पहिरोको उच्च जोखिम स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न अनुरोध गरेको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको पहिरोको उच्च जोखिम भएको तुइन खोला लगायतक स्थानमा सवारी साधनको जाममा परेका कारण डिभिजनले यस्तो आग्रह गरेको हो ।

तिहार सकिए लगत्तै काठमाडौँ फर्किनेको संख्या ठुलो भएको हुनाले सवारीको चाप बढेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर