प्राइम कमर्सियल बैंकको सिइओ संजीव मानन्धरले भत्ता मात्रै बुझे ६१ लाख ८५ हजार, तलब कति ?

अर्थकागज
प्रकाशित: १६ मंसिर २०८१
Image description

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८० ८१ म प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव भत्ता गरी १ करोड ५५ लाख ७७ हजार ८७ रुपैयाँ खर्च गरेको छ । बैंकको सिईओमा संजीव मानन्धर रहेका छन् । बैंकले सिईओलाई बैठक भत्ता ८१ लख ९१ हजार ४१९ रुपैयाँ, तलब ६१ लाख ८५ हजार ६६८ रुपैयाँ, दशैं भत्ता १२ लाख र संचय कोष ८ लाख १९ हजार १४२ रुपैयाँ खर्च गरेको छ ।

बैंकले बोनस भने प्रचलित बोनश ऐन अनुसार दिएको छ । बैंकले साथमा मोवाईल र इन्धनको सुविधा पनि दिएको । मोवाइल र इन्धन खर्च भने बैंकले लुकाएको छ । बैंकले यस आर्थिक वर्षमा सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको १७ औं बार्षिक साधारणसभा बुधबार विहान ११ बजे आर्मी अपिसर्स क्लब, भद्रकाली काठमाडौंमा हुदैछ । सभाले बैंक मर्जरमा जाने प्रस्तावसहित एजेण्डाहरु पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर