आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, १७.५० लाख कित्ता लिलामीमा आउने

अर्थकागज
प्रकाशित: ३१ भदौ २०८१
Image description

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेको एक सय पचास प्रतिशत हकप्रद सेयर बाँँडफाँड गरिएको छ । उक्त हकप्रद भाद्र ३० गते बाँडफाँड गरिएको हो ।

कम्पनीले साउन २७ गतेदखि भदौ १६ गतेसम्म १ः१.५० अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । १ करोड २० लाख कित्ता हकप्रद सेयर खुल्ला गरेकोमा ४१ हजर ३६२ जना आवेदकहरुबाट १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताका लागि मात्र आवेदन परेको छ । जस अनुसार अब बिक्री हुन नसकेको १७ लाख ५० हजार २ सय ४८ कित्ता हकप्रद कम्पनीले लिलामीमा ल्याउनेछ ।

आफ्नो कायम सेयर भन्दा बढि माग गरी दरखास्त दिएका सेयरधनीहरुको रकम असोज ४ गतेबाट आईपिएस मार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर