मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड
मलेसिया । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षिय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका भट्टराईले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन् ।
स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको पतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।
यस कार्यक्रममा नेपाल सहित भारत, मलेसिया लगायत देशका बालबालिका सहभागि भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवद्रधन समेत गरेका थिए ।
आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड Alluring Aura ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।
यस अघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले काठमाडौंमा आयोजना गरेको 'किड्डी फेस अफ द इयर २०२३' का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३ की विजेता हुन् ।
Shares