कुमारी बैंकमा थुप्रियो २८ करोड ९० लाख रुपैयाँ नगद लाभांश


काठमाडौं । कुमारी बैंकमा सेयरधनीहरू लिन नगएपछि २८ करोड ९० लाख ३९ हजार रुपैयाँ भन्दा बढी नगद लाभांश थुप्रिएको छ । बैंकले प्राप्ति गरेको विभिन्न संस्थाहरूबाट २०८१ आषाढ मसान्तसम्मको उक्त रकम नगद लाभांश लिन बाँकी देखिएको हो । जसअनुसार कुमारी बैंकबाट नै ८ लाख ७६ हजार ५ सय ५३ रुपैयाँ, प्राप्ति गरेको संस्थामा काष्ठमण्डप डेभलपमेन्ट बैंक,महाकाली विकास बैंक, पश्चिमाञ्चल फाइनान्स र काँक्रेविहार विकास बैंकको भुक्तान गर्न बाँकी लाभांश रकम ७ लाख १५ हजार ९५ रुपैयाँ छ ।
यस्तै प्राप्ति भएको देवः विकास बैंकको १ लाख ६९ हजार २ सय ८४ रुपैयाँ, मर्जरमा गएको एनसीसी बैंकले कुमारी क्यापिटललााई भुक्तानका लागि दिएको ७ करोड ७६ लाख १७ हजार ५५ रुपैयाँ, पश्चिमाञ्चल फाइनान्सको ११ लाख ३६ हजार ८ सय ४६ रुपैयाँ र देवः विकास बैंकको भुक्तानीका लागि कुमारी क्यापिटललाई दिएको ८७ लाख ७ हजार ३ सय ७ रुपैयाँ लाभांश लगानीकर्ताले पाउन बाँकी रहेको पाइएको हो । बैंकले पटक पटक लाभांश लिन सेयरधनीलाई सुचना मार्फत आग्रह गरिरहेको छ ।
प्रतिक्रियाहरू
Hari Subedi
2 months ago
Kaskas ko name ma baki cha Purna bibarn online ma rakhnu paryo
Shares