इमर्जिङ्ग नेपालको लाभांश पारित
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न सभाले ८ दशमलव ४२ प्रतिशत लाभांशसहित विभिन्न एजेन्डाहरू पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई वितरण प्रस्ताव गरेको ८ दशमलव ४२ प्रतिशतले हुन आउने चार करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा नगद लाभांश करसहित पारित गरेको हो ।
यस्तै, कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) सभाले पारित गरेको छ ।
प्रतिक्रियाहरू
Prem Kumar khadka
2 years ago
Nice
Prem Kumar khadka
2 years ago
Nice
Shares