आज ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुन कम्पनीको कति लाभांश ?

अर्थकागज
प्रकाशित: १५ पुस २०८२
Image description

काठमाडौं । आज ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कुनको लाभांश कति र साधारणसभा कहिले?

निर्धन उत्थान लघुवित्तले ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा पुस ३० मा बोलाएको छ । त्यसै गरी लाइफ इन्स्योरेन्स कर्पोरेशनले २१.०५ प्रतिशत नगद लाभांश पारित गर्ने साधारणसभा पुस ३० मा र  ग्रिन डेभलपमेन्ट बैंकले ८०.३९६ प्रतिशत बोनस शेयर र ०.४२३१ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा पुस ३० मा बोलाएको छ

त्यसै गरी महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा पुस ३० मा , चिलिमे हाइड्रोले ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा पुस ३० मा  फस्र्ट माइक्रोफाइनान्सले ६.५ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा पुस ३० मा र इमर्जिंग नेपालले ५.२६३१५ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा पुस २८ मा बोलाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर