अप्पर स्याङ्गे हाइड्रोपावरले लाभांश नदिने, के के छन् साधारणसभाका प्रस्ताव ?

अर्थकागज
प्रकाशित: २६ भदौ २०८१
Image description

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २५ गते बसेको संचालक समिती बैठकले ८ औँ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीको ८ औँ बार्षिक साधारणसभा असोज १८ गते शुक्रबार बिहान १० बजेदेखि कुन्डलिनी दरबार ब्यानक्वेट चप्पलरखाना, काठमांडौमा सुरु हुनेछ ।

साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र चालु आर्थिक बर्षका लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगाएका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गते बुकक्लोज गर्नेछ त्यसैले असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर