नेपालको पूँजी बजारका लागि सकारात्मक खबर आउने माहोल बन्दैछः रोहन कार्की
नेपाली सेयर बजारका परिचित लगानीकर्ता रोहन कार्कीले नेपालको पूँजी बजारमा पछिल्लो समय सकारात्मक माहोल बन्दै गइरहेको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा धितोपत्र बोर्ड, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबाट सकारात्मक खबर हरु आउने माहोल बन्दै गएको बताएका हुन् ।
कार्कीले फेसबुक मार्फत व्यक्त गरेको धारणाः
धितोपत्र बोर्ड, अर्थमन्त्रालय र ने रा बैंक बाट सकारत्मक खबर हरु आउने माहोल बन्दै गर्दा के हामी लगानी नगर्ने त? आउन सक्ने केही सम्भावित समाचारहरु :-
१) १२ करोडको क्याप संशोधन या खारेजी ।
२) CGT दर घटाउने ।
३) ब्रोकर बाट मार्जिनल ट्रेडिङ्ग लोन ।
४) इन्ट्राडे ट्रेडिङ्ग ।
५) ब्रोकर कमिसन दर घटाउने ।
६) डिपि शुल्क दर घटाउने ।
७) नकारत्मक नेट्वर्थ भएका कम्पनिहरुलाई IPO र RIGHT सेयर रोक्ने ।
८) नेप्से द्वारा पेश गरिएको बजार बिरोधी बिनियावलिको केही बुदाहरुको पुर्ण रुपमा खारेजी ।
९) अहिले भैरहेको ५० लाख भन्दा माथिको मार्जिनल ऋणलाई पनि रिस्क वेटेज १०० मा झार्ने ।
मुख्य कुरो CD Ratio समेत ८२ हाराहारिमा रहेको र बैंक हरुसग करिब ४ खर्ब लगानियोग्य रकम भएको अवस्थामा बजार सकारत्मक बन्ने आधार तयार करिब भैसकेको हुदा अब दौडने तर्खर गर्दै रे हाम्रो बुल ज्यु ।
नकारत्मक कुराहरुले करिब बटम लगाइसकेको हुदा अब परिश्थिती र समयको माग पनि बजारको गति सकारत्मक दिशा तिर नै हो भन्ने हाम्रो ठम्याई रहेकोछ ।
Shares