एमाले चाहार्दै अन्तमा रास्वपा !
सिन्धुली। सिन्धुली क्षेत्र नं २ मा रास्वपा उमेदवार बनेको आशिष गजुरेल एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नं १ को उम्मेदवार नपाएपछि जागिर छोडेर सिन्धुली फर्किएको तथ्य खुलेको छ । गत भदौ २२ र २३ को जेनजी विद्रोह पछि केपी ओली निवास पुगेका गजुरेलले आफू पनि एमालेको पालामा सुख्खा बंदरगाह वीरगंजमा प्रमुख भएर काम गर्ने अवसर पाएको बताउँदै जेन्जिका नाममा विध्वंस मच्चाएर काठमाडौंंमा महानगर प्रमुख बालेन्द्र शाहले ठूलो आपराधिक काम गरेको बताएका थिए । उनले ओली सँगको कुराकानीका क्रममा नेकपा एमालेका तर्फबाट आफू आउँदो निर्वाचनमा काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार बन्नु इच्छुक भएको कुरा राखेपछि उनलाई सिन्धुलीको कमलामाई नगरपालिकाको मेयर बन्नु पर्छ भन्ने अध्यक्ष ओलिको कुरामा सहमति जनाउँदै छुटेका गजुरेलले नेकपा एमाले सिन्धुलिका नेताको सम्पर्कमा आएका थिए। अहिले जागिर नछोड्ने र एक वर्ष अघि मात्र सिन्धुली फर्केर मेयरको तयारीमा लाग्ने सहमति भएको थियो । तर त्यसको केही समय पछि उनी काठमाण्डौका मेयर वालेन्द्र शाहको सम्पर्कमा पुगेका गजुरेल लाई बलेनले कुनै रेस्पोन्स गरेनन् । बालेनले सडक पेटीमा गरीब तथा निमुखा माथि ज्यादती गर्दा त्यसको आलोचना गरेका गजुरेल लाई स्वार्थी र खराब भन्दै उनकै अगाडि गाली गरेपछि चुप चाप लागेका उनी निराश भनेर फर्केका थिए । उनको उम्मेदवार बन्ने लालसा गजुरेल सहकारी काण्डका नायक रवि लामिछानेको सम्पर्कमा पुगेका थिए । लामिछाने लाई मोटो रकम बुझाएर रास्वापाको रवि कोटा बाट टिकट पाएका गजुरेलले जेन्जि विद्रोह पछि दिएको एक अन्तरवार्तामा बलेन लाई प्रधानमंत्रीको सपना नदेख्न सुझाएका थिए । पहिला काठमाडौंको ममहनगर प्रमुखको जिम्मेबारी पुरा गर्न सुझाउदै लहडमा नेता नहुने बताएका थिए । राजधानीमा भएको विध्वंसमा बालेनको संलग्नताको आरोप लागेकाले त्यसलाई चिर्न बलेन असफल भएको आरोप लागेपछि गजुरेल सँग बलेन क्रुद्ध बनेका थिए । स्वार्थमा पारेर टिकट हत्याएका गजुरेलले सिन्धुली २ मा हार्ने भएपछि हिजो मात्र लामिछानेले भिडियो सन्देश मार्फत मत मागेका छन् । आर्थिक मेलमिलापमा गजुरेलले टिकट त पाए तर चुनाव नजित्ने भएपछि रविलाई जिताउन सहयोग चाहियो भन्दै फोन गरेको उनको प्रचार टोलीमा संलग्न एक सदस्यले बताए । उमेदवारी दर्ताको प्रारम्भमा हाई हुई गरेका केटाहरूले पनि पछिल्लो समय साथ छोडेपछि पैसा पनि गयो, चुनाव पनि हारिने भयो भन्दै केही निकटस्थहरू सँग बताउन थालेका छन् । यस विषयमा गजुरेल सँग बुझ्न खोज्दा संपर्क हुन सकेन ।
Shares