सीवाइसी नेपाल लघुवित्तको नाफामा ११ प्रतिशतले गिरावट

अर्थकागज
प्रकाशित: २५ माघ २०८०
Image description

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २६.९७ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको खराब कर्जा बढेर ४.७७ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ४.६२ प्रतिशतमा सिमित थियो ।

लघुवित्तको प्रतिशेयर आम्दानी १५.८४ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३२ पैसा रहेको छ । समिक्षा लघुवित्तको निक्षेप ५.२१ प्रतिशतले बढेको छ भने र कर्जा लगानी पनि १०.६८ प्रतिशतले बढेको छ । २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिटर्न अर्निङमा ३० करोड ४५ लाख रुपैयाँ छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर