१६ करोड रुपैयाँ बराबरको आईपीओ निकाल्न पियोर इनर्जीले पायो अनुमति

प्रकाशित:
०३ फागुन २०८१

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले लिमिटेडलाई फागुन २ गते अनुमति दिएको हो । अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् ।
प्रतिक्रियाहरू
DADHIRAM NIRAULA
1 month ago
धेरै राम्रो
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares