९४ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा, निरन्तर घट्दै खराब कर्जा


काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा लघुवित्तले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९४ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ८ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी १२० प्रतिशतले बढेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ३.१५ प्रतिशतबाट घटेर १.४७ प्रतिशत पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ८० पैसा रहेको छ ।
Shares