एनएलजि इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, हकप्रद अनुपात घटाउने प्रस्ताव

अर्थकागज
प्रकाशित: १८ असोज २०८१
Image description

एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयरको अनुपात घटाउने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १६ गतेको संचालक समितीले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीको विशेष साधारणसभा कार्तिक ७ गते बुधबार बिहान १०ः३० बजेदेखि अम्रपाली ब्याङ्क्वेट, बालुबाटार काठमाडौंमा सुरु हुनेछ ।

सभाले हकप्रदको अनुपात परिमार्जको प्रस्ताव पारित गर्नेछ । कम्पनीको २०८० भाद्र १५ गतेको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर जारी गर्न विशेष प्रस्ताव पारित भएकोमा यस कम्पनीको १८ औं वार्षिक साधारण सभाबाट कायम रहेको चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर पारित भई चुक्ता पूँजी बृद्धि भएकोले बोनश शेयर पश्चात चुक्ता पूँजीको ६२.५६ प्रतिशत १०० रुपैयाँ अकिंत दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरी नेपाल बीमा प्राधिकरणको मिति भदौ ३१ गतेको पत्र सैद्धान्तिक स्वीकृति समेत प्राप्त भए बमोजिम कम्पनीले जारी गर्ने हकप्रद शेयर संख्यामा फरक नपर्ने भएता पनि हकप्रद शेयर जारी गर्ने अनुपातमा फरक पर्न जाने देखिएकोले सो फरक अनुपात फरक अनुपात संशोधन गरी हाल कायम चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ को ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर