शिवचन्द्रले देखेका यि हुन् बुल बजारका ११ लक्षणहरु !
काठमाडौं । लामो बियरिसपछि केही दिनदेखि सेयर बजार बढ्न थालेको छ । बजार बढेसँगै लगानीकर्तामा खुसीयाली समेत छाएको छ । लामो बियरिसले तर्सिएका लगानीकर्ता बजारको यो बढाइलाई बिश्वास गर्न खोजिरहेका छन् । नेप्से र कारोबार रकम बढ्दै जानुले बजारप्रति लगानीकर्ताको बिश्वास बढ्नु प्रष्ट देखिन्छ ।
बजार एकाएक बढ्ने थालेपछि सेयर बजारका चर्चित लगानीकर्ता शिवचन्द्रले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बुल बजारका लक्षणहरु लेखेका छन् ।
बुल बजारका लक्षणहरु
• चिया पसल ,किराना पसल , रेष्टुरेण्ट, सार्वजनिक स्थल जताततै सेयर कै चर्चा हुन थाल्छ ।
• बियरिस बजारमा सेयरको नाम लिंदा नाक खुम्च्याउनेहरु "अलि अलि पैसा जुगाड थियो कुन सेयर किन्ने होला?" भनेर सोध खोज गर्न थाल्छन् ।
• बैंकहरु ब्याजदर घटाउने प्रतिस्पर्धामा रहेका हुन्छन् ।
• बैंक तथा बित्तिय सँस्थाहरुले सेयर कर्जालाई प्राथमिकतामा राख्छन् ।
• मिडियाहरुले सेयर बजारको समाचारलाई उच्च प्राथमिकतामा राख्न थाल्छन् ।
• सामाजिक संजालका सेयर बजारसँग सम्बन्धित ग्रुपहरुमा भिडभाड बढ्छ ।
• लगानीकर्ताहरु आफुसँग रहेको सेयर बिक्री गर्नासाथ पछुताउने गर्छन् ।
• कारोबार रकम दैनिक जसो बढ्दै जाने हुन्छ ।
• लगानीकर्तालाई बिदा नआईदिए हुन्थ्यो जस्तो हुने शुक्रबार र शनिवार काट्न मुस्किल हुने हुन्छ ।
• बिहान उठ्ने बित्तिकै कतिबेला ११ बज्ला जस्तो हुन्छ ।
• नयाँ नयाँ बिष्लेषकहरु जन्मदै जान्छन् ।
प्रतिक्रियाहरू
abc
2 years ago
sahi ho
Devkota Sheskanta
2 years ago
सहि कुरा आयाे , के अब बुलकाे शुरुआत भएकै हाे त ?
कृष्ण अधिकारी
2 years ago
सहि विश्लेषण।
Bhujendra
2 years ago
Bull akai ho ta
Shares