३२ प्रतिशतले बढ्यो प्राईम कमर्सियल बैंकको नाफा
काठमाडौं । प्राईम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि ३२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा २.८१ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६४ अर्ब १४ करोड रुपैयाँ रहको छ। बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा रहेको छ ।
Shares