नेप्से र कारोबार रकम दुवैमा बृद्धि

अर्थकागज
प्रकाशित: २८ साउन २०८०
Image description

काठमाडौं ।  साताको पहिलो दिन (आज) आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १४.८१ अंकले बढ्दा कारोबार रकम  पनि बृद्धि भएको छ ।

२७१ वटा कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयुरकिनबेच भएको छ । यस कम्पनीको संस्थापक सेयर ५८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँको सेयरकारोबार भएको छ । सोल्टी होटलको १४ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ११ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर