हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' लाई गरे संस्थागत र व्यक्तिगत दुवै लगानीकर्ताले बहिस्कार !

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८०
Image description

काठमाडौं । हिमालयन क्यापिटलले बिहीबार अर्थात साउन ३२ गतेदेखि जारी गरेको हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' लाई संस्थागत र व्यक्तिगत दुवै लगानीकर्ताले पत्याएनन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार जारी गरेको पहिलो दिन बिहीबार बेलुकासम्म ६ सय ८० जना आवेदकले ३ लाख २१० इकाईका लागि आवेदन दिएका छन् । क्यापिटलले ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि जारी गरेको छ । क्यापिटलले जारी गरेको इकाई संख्याको आधारमा आवेदन संख्या हेर्दा यो म्युचुअल फण्ड 'हिमालयन ८०-२०' फेल भैसकको छ । संस्थागत र व्यक्तिगत दुवैले हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' लाई बहिस्कार गरेको देखिन्छ ।

दुवै तर्फका लागनीकर्तालाई हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' मा लगानी गरेर राम्रो प्रतिफल पाइदैन भन्ने थाहा छ । त्यसैले आवेदन दिएनन् । यस फण्डमा लगानी नगर्नुको मूख्य कारणहरु मध्ये व्यवस्थापन टिम पनि एक हो । घोराही सिमेन्टको प्रिमिय मूल्य लेखाजोखामा चलखेल गरी लगानीकर्तालाई फसाउन ठूलो रोल यस क्यापिटलको व्यवस्थापन टिमको रहेको छ । किन कि घोराही सिमेन्टको आईपीओको बिक्री प्रबन्धक यही क्यापिटलले गरेको थियो ।

म्युचुअल फण्डको नाफा घट्दै

नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुले आईपीओमा पाउँदै आएको कोटा हटाउने भएसँगै म्युचुअल फण्डहरुको नाफामा गिरावट आउने पक्का छ । बजारमा म्युचुअल फण्डहरुले उद्देश्यअनुरुप कार्य नगरेको भन्दै चौतफि विरोध भएपछि सेबोनले हटाउने तयारी गरेको हो ।

म्युचुअल फण्डहरुले कोटामा पाउने आईपीओबाट राम्रो मुनाफा कमाउँदै आएका थिए । मुनाफा कमाउने कोटा नै बन्द गरिदिएपछि म्युचुअल फण्डहरुले अब झन नाफा कमाएर इकाई धनीलाई लाभांश दिन सजिलो नभएको एक क्यापिटलका कर्मचारीलाई अर्थ कागजलाई बताए । बजारमा क्यापिटलहरु बीच चर्काे प्रतिप्रर्धा र बजार खुम्चिएसँगै क्यापिटललाई यति खेर संचालन खर्च धान्न समेत हम्मे हम्मे परेको अवस्था देखिन्छ ।

'हिमालयन ८०–२०' व्यवस्थापन टिमलाई ठाउँको दुखाई

लगानीकर्ताले नपत्याएसँगै यति खेर प्रमुख कार्यकारी अधिकृत (सीइओ) परमेश्वर पन्तको टिमलाई हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' टाउँको दुखाईको विषय भनेको छ । उनीहरुलाई रातमा निद्रा परेको छैन भने, दिनमा भोग छैन ।

संस्थागत र ठूला व्यक्तिगत लगानीकर्तालाई बारम्बार फोन मार्फत लौन हुजुर लगानी गरिदिनु पर्यो भन्दै फोन गर्न व्यस्त देखिन्छन् । बैंक बैंकमा चार्न व्यस्त छन् । सवैले आवेदनको आश्वासन दिएपनि आवेदन दिएका छैनन् । जानी जानी पैसा किन खेरा फाल्ने एक क्यापिटलका कर्मचारीले भने । थप बाँकी समाचार अर्काे भागमा .... ।

होसियार ! हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' मा लगानी गरे पैसा डुब्छ, वित्तीय संस्थालाई गुहार्दै क्यापिटलका कर्मचारी !


प्रतिक्रियाहरू

सम्बन्धित खबर