सिटिजन्स बैंकको लाभांश घोषणा
प्रकाशित:
०९ असोज २०८२
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
साथै उक्त बोनस सेयरका लागि कर तिर्न सेयरधनीलाई चुक्ता पूँजीको ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि निर्णय भएको छ। बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरूमा वितरण हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares