लुम्बिनी विकास बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

अर्थकागज
प्रकाशित: २५ पुस २०८०
Image description

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आज अर्थात पौष २६ गते बिहिबार १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिबेदन, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १६ औं  वार्षिक साधारण सभामा आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रियाहरू

Arjun Shrestha

2 years ago

नगद र बोनस शेयर कहिले सम्ममा डिम्याट खातामा आईपुग्छ ?

सम्बन्धित खबर