मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्ने, कति छ मूल्य ?

अर्थकागज
प्रकाशित: १६ असोज २०८०
Image description

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो एफपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत एफपीओ भर्न सक्नेछन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर