अरुण भ्याली हाईड्रोपावरको नाफामा भारी गिरावट !

अर्थकागज
प्रकाशित: ३० वैशाख २०८१
Image description

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो ।

यस अवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५ करोड ८६ लाख ७३ हजार रुपैयाँ घटेको हो। गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ४४ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६ करोड एक लाख रुपैयाँमा आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १६ करोड ३४ लाख रुपैयाँले घटेको हो। गत वर्ष कम्पनीले २२ करोड ३५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।विद्युत बिक्री घटेसँगै कम्पनीको खुद नाफामा ह्रास आएको देखिन्छ ।यस अवधिमा कम्पनीको कुल खर्च २१ करोड ८३ लाख रुपैयाँ रहेको छ। जसमा प्रशासनिक खर्च २९ लाख रुपैयाँ, वित्तीय खर्च १४ करोड ८५ लाख र ह्रासकट्टी खर्च ६ करोड ४९ लाख रुपैयाँ रहेको छ।

सार्वजनिक भएको वित्तीय विवरण अनुसार तेस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी एक अर्ब ८६ करोड ७९ लाख रुपैयाँ कायम छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर