बुद्धभूमि नेपाल हाइड्रोको नाफामा छलाङ्ग


काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासकोे अपरिष्कृत वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा छलाङ्ग मारेको छ ।
कम्पनीले जारी गरेको विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ११ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।
समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३६ लाख १४ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११०८.२० प्रतिशतले बढी हो ।
कम्पनीको जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले ५ मेगावाट क्षमताको तल्लो ताडी खोला जलविद्युत आयोजना संचालन गरिहेको छ ।
Shares