एक्सेल विकास बैंक मर्जरमा जाने, डाक्यो साधारणसभा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी चैत ११ गते सोमबार उन्नाईसौं वार्षिक साधारणसभा डाकेको छ। बैंकको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको बैठक भत्ता बढाउने विशेष प्रस्ताव पेश गरिनेछ।
साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक पदमा गरेको नियुक्ति अनुमोदन गर्नेछ। सभा प्रयोजनार्थ बैंकले फागुन २९ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रियाहरू
Manish kumari singh
1 year ago
Uthar
Manish kumari singh
1 year ago
Uthar
Manish kumari singh
1 year ago
Uthar
Shares