नबिल बैंकले ८ प्रतितशमै सेयर कर्जा दिने

अर्थकागज
प्रकाशित: ०३ मंसिर २०८१
Image description

नबिल बैंक लिमिटेडले ८.०२ प्रतिशतमै सेयर कर्जा दिने भएको छ । ५० लाख रुपैयाँसम्म सेयर कर्जा लिनेले यो सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार नै सेयर धितोमा कर्जा दिइने बैंकले जनाएको छ । धितो राख्ने साधारण सेयरको पछिल्लो १८० दिनको औसत बजार मूल्य हिसाव गरेर त्यसैको ६० प्रतिशतसम्म यस्तो ऋण प्रवाह गर्न पाइने व्यवस्था छ।

१८० दिनको औसत बजार मूल्य १ करोड आएमा सो व्यक्तिले ६० लाखसम्म मात्रै ऋण प्राप्त गर्न सक्नेछ । सेयर धितो राखेर ऋण लिनका लागि आफ्नो पान कार्ड, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, डिम्याट खाताको स्टेटमेन्ट, भरेको बैंक फारम आवश्यक पर्दछ।

कर्जा लिँदा कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क, स्विकृत कर्जा रकमको ६० प्रतिशत भन्दा कम कर्जा प्रयोग गरेमा ०.१५ प्रतिशत प्रतिवद्धता शुल्क लाग्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकबाट अधिकतम १५ करोड सम्म कर्जा प्रवाह गरिनेछ । राष्ट्र बैंकले मार्जिन प्रकृतिकोक कर्जा १ वा सो भन्दा बढि बैंकहरुबाट व्यत्तिगत रुपमा अधिकतम १५ करोडसम्म मात्र लिने पाईने व्यवस्था गरेको छ ।

प्रतिक्रियाहरू

Basant Thapa magar

1 year ago

Personal loan.

सम्बन्धित खबर