नेप्सेको सबैभन्दा महंगो जलबिद्युत कम्पनी कुथेली बुखरीको नाफा घट्यो, अन्य अवस्था कस्तो ?
काठमाडौं । नेप्सेको सबैभन्दा महंगो जलबिद्युत कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।
समिक्षा अवधि सम्ममा कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७.८३ प्रतिशतले कम हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीले बिद्युत बिक्रिबाट १ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४३ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी १ करोड १० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३७.८२ गुणा रहेको छ। १२ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।
Shares