नाडा अटो शोमा महालक्ष्मी विकास बैंक पनि

अर्थकागज
प्रकाशित: १० भदौ २०८१
Image description

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुको तर्फबाट महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको हो । उक्त बैंक एक मात्र विकास बैंकको रुपमा सहभागी छ ।

बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने काम गर्नेछ ।हाल विकास बैंकहरुमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्ने जनाएको छ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. E33 मा गई सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर