राष्ट्रपतिको उपचार खर्चमा सर्वोच्चले सरकारसँग माग्यो कारण
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च किन दिन लागेको भनेर कारण माग गरेको छ । सर्वाेच्च अदालतको न्यायाधिश डा. कुमार चुडालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको उत्प्रेषण/परमादेश रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकार मन्त्री परिषदको कार्यालय समेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले उक्त निवेदनलाई अग्राधिकार दिने आदेश समेत गरेको छ । निवेदकको तर्फबाट अधिवक्ताहरु लीलानाथ घिमिरे, प्रगति ढकाल र निवेदक स्वयं अधिवक्ता गिरीले बहस गरेका थिए कार्यालयले खर्च अधिवक्ता गिरीले गत असार २४ गते सर्बोच्च अदालतमा पेश गरेको रिट निवेदन सर्बाेच्च प्रशासनले १३ दिनसम्म दर्ता गर्न आनाकानी गरेको थियो ।
अन्ततः सर्वाेच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निक्र्यौल हुने बिषय नभएको दावी गर्दै निवेदन दरपिठ गरेकी थिइन् । रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares