चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थकागज
प्रकाशित: १८ भदौ २०८०
Image description

उदयपुर । उदयपुरको चैदण्डीगढी नगरपालिका ३ कुसुम चौरी गाउँबाट आज प्रहरीले चेक अनादर मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेर उदयपुर जिल्ला अदालतमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी पक्राउ पर्नेमा ३३ वर्षिय सुजना राई रहेको र उनलाई चेक अनादर मुद्दामा उदयपुर जिल्ला अदालतले २०७७ साल माघ २८ गते ३ हजार रुपियाँ जरिवाना गर्ने फैसला भएकोमा फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खोज तलास गर्दा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले पक्राउ गरेको हो । निज सुजना राईलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिई इप्रका बेल्टारमा ल्याएर आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाइएको सूचना अधिकारी चौधरीले जनाएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर