सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २६ साउन २०८२
Image description

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

साथै उक्त बोनस सेयर पछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर