युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभा आज, १०० प्रतिशत हकप्रदको प्रस्ताव

अर्थकागज
प्रकाशित: २६ जेठ २०८१
Image description

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज जेठ २७ गते बिहान ११ बजेदेखि कालिमाटी ब्याङ्क्वेट काठमांडौमा सुरु हुनेछ । सभाले बिद्युत नियमन आयोगबाट माघ २२ गते प्राप्त स्विकृति बमोजिम हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले यसअघि २०८० चैत्र २९ गतेका लागि बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । सभाले हकप्रदको प्रस्ताव सहित अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति तथा ४ जना संचालकको निर्वाचन समेत गर्नेछ ।

नयाँ जलविद्युत अयोजनामा लगानी गर्न कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनील निर्माणधिन ५० मेगावाट क्षमताको युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा ६७ करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनको लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर