केही नयाँ ब्रोकरहरुकै कारण सेयर बजार जुवाघर हुने देखियोः काका

अर्थकागज
प्रकाशित: २९ माघ २०८०
Image description

सेयर बिश्लेषक एबं लगानीकर्ता केशब कोइराला 'काका'ले केहि नयाँ ब्रोकरहरुका कारण सेयर बजार जुवाघर जस्तो बन्ने देखिएको टिप्पणी गरेका छन् । केहि ब्रोकरहरुको गतिबिधि प्रति असन्तुष्टि पोख्द्रै आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो धारणा राखेका हुन् ।

नयाँ ब्रोकरहरु थपिए पछि बजारमा तिब्र प्रतिस्पर्धा होला, चर्को कमिसन दस्तुरबाट राहत पाइएला र ब्राकरहरुको प्रतिष्प्रधाले बजारको बिकृति कम हुने आशा गरेपनि अहिले बजारमा त्यस्तो नदेखिएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत आफ्नो असन्तुष्टि ब्यक्त गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् 'नयाँ ब्रोकरहरु थपिए पछि बजारमा तिब्र प्रतिस्पर्धा होला। चर्को कमिसन दस्तुरबाट राहत पाइएला।बजारको एकाधिकार तोडिएर विकृतिहरु हराउदै जालान भनेर ठुलो आशा र भरोसाले नयाँ ब्रोकरहरुको स्वागत गरियो। तर केही नयाँ ब्रोकरहरुकै कारण बजार त झनझन विकृत हुदै जुवाघर पो हुने छाट देखिदैछ।'


प्रतिक्रियाहरू

सम्बन्धित खबर