एनआईसी एशिया बैंकको संचालकहरुको पारिश्रमिक,भत्ता र सुविधा ह्वात्तै बढ्दै

अर्थकागज
प्रकाशित: २७ असोज २०८०
Image description

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालकहरुको पारिश्रमिक, भत्ता र सुविधा ह्वात्तै बढ्ने भएको छ । बैंकको २६ औं वार्षिक साधारणसभाबाट संचालकहरुको पारिश्रमिक, भत्ता र सुविधा बढाउने भएको हो ।

साधारणसभा आइतबार अर्थात असोज २८ विहान ९ बजेदेखि आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुँदैछ । बैंकले सभामा संचालकहरुको पारिश्रमिक, भत्ता र सुविधा सहितकोे तीन महले प्रस्ताव लैजान छ । संचालकले अध्यक्षले प्रति बैठक भत्ता २२ हजारबाट बढेर प्रति बैठक भत्ता ३० हजार पुर्याउने भएको छ । त्यसै गरी सदस्यहरुको प्रति बैठक भत्ता १८ हजारबाट बढेर प्रति बैठक भत्ता २४ हजार पुर्याउने भएको छ । त्यसै गरी दैनिक भ्रमण भत्तामा काठमाडौं पोखरा दैनिक भत्ता १२ हजार र अन्य स्थानमा १० हजार रहेको थियो । अब दैनिक भ्रमण भत्ता बढेर काठमाडौं पोखरा १५ हजार र अन्य स्थानमा १२ हजार हुनेछ ।

त्यसै गरी भारतको महानगरीय शहरमा जाँदा दैनिक १५ हजार भारु र भारतको अन्य स्थानमा जाँदा दैनिक १० हजार भारु दैनिक भत्ता दिने व्यवस्था रहेको थियो । अब भारतको महानगरीय शहरहरुमा जाँदा दैनिक भत्ता २२ हजार ५ सय भारु र अन्य शहरमा जाँदा १५ हजार भारु दैनिक भत्ता हुनेछ ।

त्यसै गरी विदेश अर्थात भारत बाहेक अन्यसार्क देशहरुमा जाँदा दैनिक भत्ता युएसडि १५०, एशियाली देशहरुमा युएसडि २ सय दैनिक भत्ता र अन्य देशहरुमा जाँदा दैनिक युएसडि ३०० दैनिक भत्ता रहेको थियो । अव बढेर विदेश अर्थात भारत बाहेक अन्य सार्क देशहरुमा जाँदा दैनिक भत्ता युएसडी २२५, अन्य एशियाली देशहरुमा जाँदा दैनिक ३०० युएसडि र अन्य देशहरुमा जाँदा दैनिक भत्ता युएसडि ४५० रहनेछ ।

त्यसै गरी अध्यक्षलाई पत्रपत्रिका तथा टेलिफोन मोवाईल भत्ता वापत एकमुष्ट २० हजार प्रति महिना र संचालकहरुलाई १७ हजार प्रतिमहिना थियो । अब बढेर अध्यक्षलाई ३० हजार प्रतिमहिना र संचालकहरु सदस्यहरुलाई प्रतिमहिना २५ हजार पुर्याइनेछ ।