ङादी ग्रुपले हकप्रद जारी गर्ने, मर्जरको लागि पार्टनर खोज्ने

प्रकाशित:
२१ भदौ २०८१

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले गाभ्ने गाभिने तथा कुनै कम्पनी प्राप्तिको लागि प्रस्ताव अघि बढाएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने पनि प्रस्ताव गरेको छ । कम्पनीले भदौं १८ गते विहान ९ : ३० बजे बसेको संचालक समितिको बैठकले असोज १३ आईतबार साधारणसभा बोलाएको छ । लर्ड पार्टी भेन्यु धुम्वाराही चोक, काठमाडौंमा हुने साधारणसभाको लागि भदौ ३१ गते बुक क्लोज हुनेछ । कम्पनीले साधारणसभाको लागि साधारण र विशेष गरी १० वटा प्रस्ताव अघि सारेपनि लाभांशको प्रस्ताव भने गरेको छैन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares