नेशनल हाइड्रोपावरले अवितरित हकप्रद लिलाम बिक्री गर्दै

अर्थकागज
प्रकाशित: १२ भदौ २०८०
Image description

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्न बाँकी रहेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले भदौ १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने लागेको हो ।
कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
जसमध्ये ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद सेयर बिक्री भई साउन ३० गते बाँडफाँट गरेको थियो। बाँकी रहेको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो । लिलामी बढाबढ प्रक्रियामा इच्छुक लगानीकर्ताले भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर