दीपेन्द्र अग्रवालले चलाएको स्टकमा नकारात्मक सर्किट

अर्थकागज
प्रकाशित: ०५ साउन २०८२
Image description

काठमाडौं । चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेसँगै सेयर बजार हलचल भएको छ । अग्रवालले चलाउँदै आएका भनिएका स्टकहरुमा भारी गिरावट भएका छन् । जसमा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता २३५ रुपैयाँले घटेको छ । त्यसै गरी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता १४७ रुपैयाँले घटेको छ । त्यसै गरी अर्काे कम्पनी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा पनि १० प्रतिशतको गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्यमा १०३ रुपैयाँले घटेको छ । त्यसै गरी सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा प्रतिकित्ता ४० रुपैयाँले घटेको छ । यी माथिका स्टकहरु अग्रवालले क्लव हाउस र समाजिक संजाल फेसबुकमा लगानीकर्ताहरुलाई आफुले किनेको र किन्दा राम्रो फाइदा हुने भन्दै आईरहेका थिए । हुन पनि कम्पनीको मूल्य केही दिन अघिसम्म बढीरहेको थियो ।
सोमबार (आज) अग्रवाललाई २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको टोखाबाट पक्राउ गरेको छ ।

प्रतिक्रियाहरू

Xxxx

9 months ago

ठगि कसरी भएको रहेछ?

सम्बन्धित खबर